Section 31
खारेजी र बचाउ
  (१) राष्ट्रिय महिला आयोग ऐन, २०६३ खारेज गरिएको  छ ।
(२) राष्ट्रिय महिला आयोग ऐन, २०६३ बमोजिम भए गरेको काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।
(३) यो ऐन प्रारम्भ हुँदाका बखत राष्ट्रिय महिला आयोग ऐन, २०६३ बमोजिम आयोगमा विचाराधीन रहेका उजुरी यसै ऐन बमोजिमको आयोगमा सर्नेछन् ।
(४) यो ऐन प्रारम्भ हुँदाका बखत राष्ट्रिय महिला आयोग ऐन, २०६३ बमोजिमको आयोगमा बहाल रहेका पदाधिकारीहरु यो ऐन प्रारम्भ भएपछि स्वतः पदमुक्त हुनेछन् ।